काठमाडौँ । देशकै केन्द्रीय प्रशासनिक कार्यालय रहेको सिंहदरबारभित्र सञ्चालित क्यान्टिनहरूमा गुणस्तरहीन सामान बिक्री गरेको पाइएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले सिंहदरबारमा रहेको सबभन्दा ठूलो केन्द्रीय क्यान्टिनमा बासी खाना र म्याद नाघेका दूध र मसला प्रयोग गरेको अखाद्य वस्तु पाइएको हो।
विभागको बजार निरीक्षण अधिकृतको टोलीले गरेको अनुगमनको क्रममा उक्त क्यान्टिनमा खान योग्य अवधि सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थ, दुर्गन्धित मासु लगायतका वस्तु फेला परेपछि नष्ट गरेको छ।
विभागले कञ्चन चमेना गृह र यसका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरितको कसुर गरेको भन्दै ३ लाखरुपैयाँ जरिवानासमेत गरेको छ।