काठमाडौं । सार्वजनिक बिदा र बिदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी समय व्यवस्थापन गरिएको छ ।
सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय निर्धारण गरेको छ ।
गत सोमबार मन्त्रिपरिषदबाट निर्णय भएको प्रस्तावमा भनिएको छ, ‘खाजा समय– दिउँसो १:३० देखि २ बजेसम्म ।’
राजपत्र अनुसार आगामी बैशाखदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सबै कार्यालयले खाजा समय आलोपालो गरी आधा घण्टा मात्र व्यवस्था गर्नुपर्ने छ ।
यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने समयमा एकरुपता नभएको र कतिपय कार्यालयका कर्मचारीहरुले खाजा खाने समयका नाममा एक घण्टासम्म काम नगरेको भनी आलोचना हुने गरेको थियो ।