काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकमा प्रतापबाबु तिवारीलाई जिम्मेवारी दिइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २४ पुसको महानिर्देशकस्तरीय निर्णयले तिवारीलाई महाप्रबन्धकमा नियुक्त गरेको हो।
तत्कालीन महाप्रवन्धक प्रेमनाथ ठाकुर घुस मागेको अभियोगमा निलम्बनमा परेपछि यो पद रिक्त रहेको थियो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार काठमाडौं विमानस्थलको प्रमुखको जिम्मेवारी तिवारीलाई दिइएको हो । विमानस्थलमा प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनी हाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको प्रमुख थिए । यहाँ देव चन्द्रलाल कर्णलाई पठाइएको छ ।