काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको शनिबार शंखमुलस्थित भवनको माथिल्लो तल्लामा रहेको कफी सपबाट लडेर मृत्यु भएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइसमेत रहेका उपाध्यायलाई घटनालगत्तै दुई युवाले सिभिल अस्पताल लगेका थिए ।
उनलाई थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइरहेका अवस्थामा उनको उपचारकै क्रममा निधन भएको अध्यक्ष नेपालका सहयोगी नितेश पौडेलले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको नयाँ बानेश्वर प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।