काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपतिको निर्वाचनबारे बिहीबार मात्रै निर्णय गर्ने भएको छ ।
पार्टीका उपसभापति डोलप्रसाद अर्यालले भोलि पार्टीको बैठक बसेर राष्ट्रपतिको निर्वाचनबारे आवश्यक निर्णय गर्ने जानकारी दिए ।
राष्ट्रपति निर्वाचनअन्तर्गत भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ ।
राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् । (RSS)