काठमाडौं । नेपालमा पहिलोपटक दुई दिने महिला स्वास्थ्य सम्मेलन सुरू भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र अन्य साझेदार निकायहरूको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो।
कार्यक्रममा सन्चारमन्त्री रेखा शर्मा, स्वास्थ्य सचिव डा रोशन पोखरेल, पूर्वस्वास्थ्य सचिव डा सुधा शर्मा लगायत महिला स्वास्थ्यको क्षेत्रमा काम गर्ने सरोकारवालाहरूको उपस्थिति रहेको छ।
सम्मेलनले नेपालमा महिला स्वास्थ्य एजेन्डा विस्तार गर्न अनुसन्धान, तालिम, नीति निर्माण, अभ्यास र वकालत प्रमाणको अन्तरसम्बन्धलाई प्रवर्द्धन र सुदृढ गर्ने लक्ष्य राखेको छ। महिला स्वास्थ्यको विषयमा नीति निर्माता र कार्यक्रम कार्यान्वयनकर्ताहरू बिचको साझेदारी र सहकार्यलाई सबल पार्ने र प्राथमिकतामा राख्नुपर्ने महिला स्वास्थ्यका विषयहरू पहिचान गरी नीति निर्माणमा पहल गर्ने सम्मेलनको मुख्य उदेश्य रहेको परिवार कल्याण महाशाखाका डा विवेक कुमार लालले बताए।
कार्यक्रममा महिला स्वास्थ्यका विभिन्न आयामहरूको विषयमा छलफल र अन्तरक्रिया हुनेछ।