काठमाडौँ । राप्रपाको संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् ।
शनिबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले उपनेतामा तामाङलाई चयन गरेको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै राप्रपाका प्रवक्ता शाहीले पार्टीको संसदीय दलको विधान बनिसकेको बताए ।
पार्टीको संसदीय दलको बैठकमा लघुवित्त, सहकारी, विदेशमा अलपत्रमा परेका नागरिक र कृषि मलमा सरकारले कटौती गरेको अनुदानलगायतका विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।