काठमाडौँ । आइतबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । एमाले र रास्वपा सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
यसअघि रास्वपाले पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो।
माघ २२ गते सरकारबाट बाहिरिएको रास्वपाले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत भने कायम राखेको थियो।
प्रतिनिधि सभामा अहिले रास्वपाका १९ सांसद छन्।