काठमाडौँ । बनेपामा जन्मिएकी रेडियो नेपालकी पहिलो समाचार वाचिका कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ ।
उनकाे बिहीबार राति १० बजे न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको आज दाहसंस्कार गरिने जनाइएको छ।
उनले रेडियो नेपालमा लामो समय समाचार वाचिकाका रूपमा काम गरेकी थिइन् । २०१८ जेठमा नेपाल एयरलाइन्स (तत्कालीन आरएनएसी) को जागिर छाडेर उनले रेडियो यात्रा थालनी गरेकी थिइन्।
रुचिको क्षेत्र भएका कारण मासिक १७५ रुपैयाँबाट १२५ रुपैयाँ तलबमा घटेर गएकी उनलाई रेडियोले नै लोकप्रियता दिएको थियो।
रेडियो पुस्तामा पंक्षी संरक्षण तथा आँखा दान अभियान समेत चलाएकी उनका थुप्रै प्रशंसक बनेका थिए।
ताम्राकार समाजसेवामा पनि समर्पित रहेकी थिइन् ।