काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतकाे राजधानी नयाँ दिल्ली लगिने भएको छ। ग्यास्टिकको समस्या र छातीमा संक्रमण बढेपछि राष्ट्रपति पौडेललाई मंगलबार साँझ शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो।
स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको संक्रमण कम नभएपछि थप उपचारका लागि उनलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स अस्पताल) मा लैजान लागिएकाे हाे।
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासहित अन्य मन्त्री शिक्षण अस्पताल पुगेका थिए । लामो समय एन्टिबायटिक चलाउँदा पनि स्वास्थ्यमा उत्साहजनक सुधार नभएको भन्दै परिवारका सदस्यले थप उपचारका लागि भारत लैजाने इच्छा प्रधानमन्त्रीसँग राखेका थिए ।