काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जानकारी अनुसार नेपालमा बुधबार १०८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ भने ६६ जना निको भइ घर फर्किएका छन् ।
एकै दिन २ हजार ४५० जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये ५५ पीसीआर र ५३ एन्टिजेन परीक्षणमा सङ्क्रमण पुष्टि भएको छ ।
हाल देशभर कोभिड-१९ का ३८६ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये २१ जना संस्थागत आइसोलेसनमा, ७ जना आईसीयूमा र तीन जना भेन्टिलेटरमा छन् । केही समयअघि सम्म मत्थर रहेको कोरोना चैत लागेपछि भने बढ्न थालेको हो ।
यसैबीच, स्वास्थ्य मन्त्रालयले सबैलाई सावधानी अपनाउन र कोभिड-१९ खोपको बुस्टर डोज पनि लिन आग्रह गरेको छ।