काठमाडौं । गत २३ जेठमा भएको सम्झौता कार्यान्वयन नभए काठमाडौंको फोहोर नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका छन् ।
ककनीका गाउँपालिकाका अध्यक्ष सुमन लामा र धुनिवेशीका मेयर बालकृष्ण आचार्यले संयुक्त प्रेस विज्ञप्ति जारी गरी गत जेठमा सरोकारवालाहरुका बीचमा भएको सहमति र सम्झौता कार्यान्वयन हुनुपर्ने माग गरेका छन्।
उनीहरुले विज्ञप्तिमार्फत मागहरु १५ दिनभित्र पूरा नभए फोहोरको ढुवानी रोक्ने चेतावनी दिएका हुन् । उनीहरूले भनेका छन्, “मागहरू १५ दिनभित्र पूरा नभएमा दुवै स्थानीय तहको कार्यपालिकाको बैठकले निर्णय गरी फोहोरको ढुवानी बन्द गराइनेछ।”