काठमाडौं । गायक एवं निर्माता प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ गत बिहीवार सार्वजनिक भएको एक सातामा युट्युबमा १ करोड भ्युज पाएको छ ।
यो गीत हालसम्म एक करोड ९ हजार ६ सयभन्दा बढिले हेरिसकेका छन् भने १८ हजारले प्रतिकृया जनाएका छन् । त्यस्तै ३ लाख ८७ हलारले लाइक गरेका छन् ।
गत वर्ष फागुनमा सार्वजनिक भएको ‘पीर’ बोलको गीतले पनि सार्वजनिक भएको एक सातामै एक करोड भ्युज पाएर रेकर्ड कायम गरेको थियो तर उक्त गीतलाई लिएर माओवादी समर्थकहरुले विरोध जनाएपछि उनले सो गीत युट्युबबाट हटाएका थिए ।
अहिले सामाजिक सञ्जालमा सकम्बरीलाई लिएर पक्ष र विपक्षमा बहस सिर्जना गरिदिएको छ ।