तनहुँ । तनहुँ-१ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् ।
वाग्लेले ३४ हजार ४८० मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत मात्र प्राप्त गरे ।
तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो । वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी हासिल गरेका हुन् । कांग्रेसको गढका रुपमा रहेको यो निर्वाचन क्षेत्रमा स्वर्णीमले ऐतिहासिक जित निकालेका हुन्।
यो निर्वाचन क्षेत्रमा गत मंसिर ४ मा भएको निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका थिए।