काठमाडौँ । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज ल्याएको छ ।
शुक्रबार साँझ बुद्ध एयरले १५ औँ एटिआर-७२ जहाज भित्र्याएको हो। नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याइ एक महिनाभित्र उडान सेवा दिने प्रेस विज्ञप्तिमार्फत बताएको छ।
बुद्धका अनुसार ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम र भाडादर पनि स्वतः सस्तो भएकाले ७२ सिटे जहाज भित्र्याएको हो।
योसँगै बुद्ध एयरका १५ वटा जहाज पुगेका छन्। यसमध्ये १२ वटा एटिआर–७२ र तीन वटा एटिआर–४२ छन्। यसअघि बुद्धसँग भएका दुइटा बिचक्राफ्ट क्यानाडाको कम्पनीलाई बेचेको थियो।