काठमाडौँ । एसिसी प्रिमियरकप अन्तर्गत कुवेतविरूद्धको सेमिफाइनलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित टियु मैदान कीर्तिपुरमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो। नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।
कुवेतले समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा कुवेतले मुलपानी मैदानमा २ सय ७२ रन बनाएको थियो ।
नेपालले समूहचरणको अन्तिम खेलमा कतार विरुद्धको खेलको प्लेइङ- ११ बाट एक खेलाडी परिवर्तन गरेको छ। नेपालले गुलशन झाको स्थानमा करण केसीलाई मौका दिएको छ। बलिङ र पछिल्लो ब्याटिङ बलियो बनाउन गुलशनको स्थानमा करणलाई मौका दिएको हो। टोलीमा अन्य परिवर्तन गरिएको छैन।
पहिलो खेलमा कुवेत युएईसँग १ सय ४३ रनले पराजित भएको थियो।