काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आज राजधानीमा जुलुस र धर्ना कार्यक्रमको आयोजना गर्दैछ ।
कोटेश्वरमा जम्मा भई जुलुस गरेर संघीय संसद् भवन नयाँ वानेश्वरमा धर्नामा बस्ने पार्टी स्रोतले जनाएको छ । धर्नामा पार्टीका केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् ।
पार्टीले नागरिकता प्रमाणीकरण तत्काल रद्द गर्न माग गर्दै आएको छ । जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ ।