काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको मन्दिरमा गएका छन् । शनिबार साँझ उनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन् ।
शनिबार भने मन्त्रीहरूसहित उनी पशुपतिनाथ मन्दिर पुगेका थिए । परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, पर्यटनमन्त्री सुदन किराँती लगायतसँग प्रचण्ड पशुपतिनाथको मन्दिर पुगेका हुन् । उनले त्यहाँ आरती पनि अवलोकन गरेका छन् ।
केही दिनअघि भारत भ्रमणको क्रममा इन्दौरको उज्जैनस्थि मन्दिरमा पुजाआजा गरेर फर्किएका थिए। भारत भ्रमणको क्रममा गेरुवस्त्र लाएर पुजाआजा गरेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो ।
यद्यपि प्रचण्डले आफू धर्मविरोधि नरहेको बताउँदै आएका छन् । उनले भारतबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमनस्थलमा पत्रकार सम्मेलनमा आफू मनैदेखि धर्मनिरपेक्षवादी रहेको बताएका थिए ।