काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीनिकट समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् । शनिवार राती सम्पन्न संगठनको प्रथम राष्ट्रिय महाधिवेशनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवेदीले प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् । सुवेदीले १ सय ४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले १ सय १९ मत प्राप्त गरे। अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गरे।
खुला उपाध्यक्षमा नवराज छत्कुल्ली (१ सय ५०), महिला उपाध्यक्षमा अस्मिता गिरी (१ सय ७१), उपाध्यक्ष सुदूरपश्चिममा नरेन्द्र भट्ट (१ सय ७४) मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिए ।
संगठनकाे महासचिवमा रामकुमार एलन, उपमहासचिवमा प्रेम गौतम प्रतिज्ञा बुढा मगर र लेखनाथ सिकारु खुला सचिवमा शिवप्रसाद ढुंगाना अनिल शाही महिला सचिवमा कान्ति न्यौपाने, दलित सचिमा प्रदिप नेपाली र कोषाध्यक्षमा कृपा भण्डारी निर्वाचित भएका छन् । संगठनको प्रथम राष्ट्रिय अधिवेशनको गत शुक्रवार उद्घाटन भएको थियो ।