काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा अध्ययन र रोजगारीका लागि बेलायत जानेको स्वास्थ्य परीक्षण हुने भएको छ ।
काठमाडौंस्थित बेलायती दूतावासले नर्भिक हस्पिटललाई स्वास्थ्य परीक्षणको जिम्मेवारी दिएको बताइएको छ ।
नर्भिकसँगै युके जानेहरूको मेडिकल जाँच इन्टरनेशनल अर्गनाइजेसन अफ माइग्रेसन (आइओएम) लाई पनि यूके जानेको मेडिकल जाँच गर्ने जिम्मेवारी दिएको छ । अस्ट्रेलिया जानेहरूको मेडिकल जाँचको जिम्मा पनि नर्भिक र आइओएमले नै पाएका छन् ।
सम्बन्धन पाएसँगै नर्भिकले बेलायत जानेको स्वास्थ्य जाँचको थालनी भइसकेको जानकारी दिएको छ ।
मेडिकल जाँचका लागि बेलायत जानेहरूले नर्भिकमा अनलाइन बुकिङ्ग गर्नुपर्छ । अनलाइनमा खाली देखिएका स्लटमा आफूलाई उपयुक्त मिति बुक गरेपछि सोही दिन सम्बन्धित व्यक्तिको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने नर्भिकले जनाएको छ ।
- बेलायत जानेहरूले अनलाइन बुकिङ्गको लागि यहाँ क्लिक गर्नुहोस
- अस्ट्रेलिया जानेहरूले अनलाइन बुकिङ्गको लागि यहाँ क्लिक गर्नुहोस