काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा थप चारजना पक्राउ परेका छन् ।
पक्राउपर्नेमा मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसी रहेका छन् ।
उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पक्राउ गरेको हो । २०४९ सालदेखि २०६६ सम्म उनीहरू मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा कार्यरत थिए ।
उनीहरूविरुद्ध राजनीतिक, प्रशासनिक, व्यापारिक र भूमाफियाको मिलेमतोमा सरकारी कागजात किर्ते गरेर सरकारी जग्गा हडपेको अनुसन्धानका क्रममा खुलेको छ ।
सीआईबी आज नै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पनि सीआईबीले नियन्त्रणमा लिएको छ ।