काठमाडौं । आागमी आर्थिक वर्ष २०८०/०८१ को लागि ल्याइएको बजेट पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको हो ।
प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजनको माग गरेपछि मत विभाजनमार्फत बजेट पारित भएको हो । बैठकमा दुई सय ५५ जना सांसदहरुको उपस्थिती रहेको थियो । जसमा बजेटको पक्षमा १४७ मत खसेको थियो भने विपक्षमा १०८ मत परेको हो ।
बजेटको विपक्षमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले मत दिएका थिए भने पक्षमा सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीलगायतले मत दिएका थिए । मतदानपछि सभामुख देवराज घिमिरेले बजेट बहुमतले पारित भएको घोषणा गरेका थिए ।