काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । बजेटप्रति असन्तुष्टि जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका अध्यक्ष राउत प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
अध्यक्ष राउतलाई आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन आग्रह गर्नुभएको हो । प्रधानमन्त्रीसंगको छलफल सकारात्मक भएको भन्दै अध्यक्ष राउतले पार्टीका नेताहरुलाई ब्रिफिङ गरेको जनमत पार्टीका नेताहरुले बताएका छन् ।
उनले आज ४ बजे गठबन्धनको बैठक बस्ने तयारी भइरहेको पनि बताए । राउतले आफूले दाबी गर्दै आएको मन्त्रालय पाए सरकारमा जानसक्ने संकेत गरे । जनमतले कृषि वा उद्योग मन्त्रालयको अडान राखेको थियो । अहिले कृषि नेकपा एकीकृत समाजवादी र उद्योग मन्त्रालय कांग्रेसको भागमा परेको छ ।