काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युयान च्याच्युन नेतृत्वको उच्चस्तीय टोली काठमाडौँ आएका छन् ।
नेकपा माओवादी केन्द्रको निमन्त्रणामा युयान च्याच्युन नेतृत्वको टोली आइतबार काठमाडौँ आइपुगेको हो ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को उच्च स्तरीय टोलीलाई त्रिभुवन विमानस्थलमा माओवादी केन्द्रका महासचिव देव गुरुङलगायतले स्वागत गरेका थिए ।
नेपालमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेपछि नेपाल भ्रमणमा आउने युयान च्याच्युन सबैभन्दा वरिष्ठ नेता हुन् । तीन दिने नेपाल भ्रमणका क्रममा उनले विभिन्न दलका नेताहरूसँग पनि भेटवर्ता गर्ने कार्यक्रम छ ।
नेपाल–चीन सम्बन्धमा यो भ्रमणले विशेष महत्व राख्ने अपेक्षा गरिएको छ ।
आगामी सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण गर्ने तयारी छ ।