काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरिएको छ ।
मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति सर्वोच्च अदालतले बिहीबार बदर गरेपछि आज शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङ्गले १६ साउन मंगलबार बेलुका ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सदस्यलाई मुख्यमन्त्रीमा नियुक्ति गरी सरकार गठन गर्न दाबी पेस गर्न आह्वान गरेका हुन्।
कोशीमा यसअघि उद्धव थापाको नेतृत्वमा सरकार गठन भएको थियो । गत असार १५ गते भएको उद्धव थापाको नियुक्ति असंवैधानिक भन्दै हिजो (बिहीबार) सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रदेश प्रमुखले पुनः नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
कोशी प्रदेश सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्णायक रहेको छ । राप्रपाले साथ नदिएसम्म सत्ता गठबन्धन दलले सरकार बनाउन सक्ने अवस्था नै छैन ।