काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बाले शाहले पिएचडी अध्ययनका लागि फेलोसिप पाएका छन् । उनलाई काठमाडौँ विश्वविद्यालयले पिएचडीका लागि फेलोसिप दिएको हो ।
मेयर शाहले शनिबार आफूले पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवाः सम्पदा संरचनाको संरक्षण विषयमा पिएचडीका लागि फेलोसिप पाएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।