काठमाडौँ । श्रावण २२ र २३ को अविरल वर्षाबाट महादेव खोला र विष्णुमतीमा आएको भेलबाट का.म.न.पा १६ महादेव खोला र विष्णुमती नदीको दोभानमा रहेको मन्दिर शिवालय र गुम्बा सम्म पानीको सतह पुगेको छ ।
सोमवार रातिदेखि परेको अविरल वर्षाका कारण जल सतह बढेको हो ।
दोभानमा रहेका बोटबिरुवा र मानिस आवत-जावत गर्ने पुल समेतलाई पनि असर गरेको छ ।
विष्णुमती नदीको दुवै किनारामा बनेको सडकबाट पनि बगेको छ भने त्यहाँ रहेको घर र टहराहरु भित्र पनि पसेको छ ।
अविरल वर्षाले राजधानीका विभिन्न ठाउँ जलमग्न भएका छन् । पानीबाट स्कुल जाने विद्यार्थी र पैदल यात्री तथा यातायातमा पनि असर परेको छ ।
ती नदीमा पानीको बहाव खतराको तहमा पुगेकाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।
वर्षाले मानवीय क्षति भने भएको छैन ।