सिरहा । ठुलो मात्रामा अवैध लागुऔषध सहित सिरहामा एक जना पक्राउ परेको छ । गएराति लहान नगरपालिका–२ का २० वर्षीय सदानन्द महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट डाईजापाम– १५३ एम्पुल, ब्युप्रोनोरफिम– १५४ एम्पुल, फेनारगन –१९० एम्पुल गरी ४९७ एम्पुल लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
लहान नगरपालिका वडा नं. ८ मा चेकजाँचको क्रममा उनलाई कालो रङको झोलाभित्र प्लाष्टिकको पोका बनाई लुकाइ छिपाई राखेको अवस्थामा प्रहरीले लागुऔषध फेला पारेको थियो ।