काठमाडौं । छिमेकी देश चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच औपचारिक भेटवार्ता भएको छ ।
प्रधानमन्त्री दाहाल शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीनको उक्त सहर आउनुभएको हो । हाङ्चाओमा एसियाली खेलकुद आयोजना भइरहेको छ ।
प्रधानमन्त्री दाहाललाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासन मन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानलेले स्वागत गर्नुभएको थियो । आजै प्रधानमन्त्री दाहाल तथा नेपाली प्रतिनिधि मण्डलको सम्मानमा चिनियाँ राष्ट्रपति सीले दिवा भोजको पनि आयोजना गर्नुभयो ।
भेटवार्तामा नेपाल–चीन रणनीतिक साझेदारीबारेमा छलफल भएको बताइएको छ । भेटवार्तामा चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनबारे छलफल भए पनि ठोस निश्कर्षमा नपुगिएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्ड हाङ्झाउमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यतालिका रहेको छ ।