काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा कार्यरत इन्टर्न डाक्टर मनीष खड्कामाथि कुटपिट भएको छ ।
आइतबार दिउँसो करिब १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण भएको भन्दै हाल केएमसिमा अध्ययनरत चिकित्सकहरुले अस्पताल अगाडि धर्ना दिएर अवरोध गरेका छन् ।
उनीहरुले शनिबार सरकार चिकित्सकबीच सहमतिको आधारमा नै ओपिडीमानै पुगेर चिकित्सक माथि हातपात गर्नेलाई कारवाही गर्नु पर्ने माग राखेका छन् । स्वास्थ्यकर्मीहरु डाक्टरमाथि हातपातको विरोधमा सडकमा निस्किएपछि केएमसी क्षेत्रको सडक अवरुद्ध बनेको छ ।