काठमाडौँ I प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विगतदेखि नै एक चीन नीतिको पक्षमा दृढ रहँदै आएको र भविष्यमा पनि एक चीन नीतिप्रति दृढ रहने प्रतिबद्धता जनाउनुभएको छ ।
नेपाल चीन फ्रेण्डसिप फोरमले काठमाडौँमा आयोजना गरेको विआरआइको एक दशक : व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक सेमिनारमा प्रधानमन्त्री प्रचण्डले नेपाली भूमि चीनविरोधी गतिविधिमा प्रयोग गर्न कदापि नदिइने र संयुक्त, राष्ट्रसङ्घको उद्देश्य र पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल चीन सम्बन्ध शान्ति स्थायित्व र समृद्धिका लागि महत्त्वपूर्ण हुने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले छिमेकी राष्ट्र चीनले अघि सारेको महत्त्वाकाङ्क्षी योजना बिआरआई कार्यान्वयनका लागि नेपालले छिट्टै कार्यायोजना बनाउने र यसका लागि लिनुपर्ने पहलकदमी तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउन सरकार तयार रहेको पनि स्पष्ट पार्नुभयो ।