काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको सूचनाका अनुसार ७ कात्तिक मंगलबार विजया दशमीका दिन विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने भएका हुन् ।
राष्ट्रपतिबाट टीका लगाउन चाहने मन्त्री, सांसद, संवैधानिक निकायका पदाधिकारी, निजामती, जंगी तथा प्रहरीका अधिकृत स्तरका कर्मचारीहरुका लागि दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ । यस्तै, इच्छुक सर्वसाधारणका लागि अपराह्न ३ बजेदेखि ५ बजेसम्मको समय तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।