काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिय गुटेरेसले कात्तिक १२ गतेदेखि नेपालको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । महासचिव गुटेरेस कात्तिक १२ गते दिउँसो काठमाडौँ आइपुग्नुहुने र भ्रमण सम्पन्न गरी कात्तिक १५ गते बिहान प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ ।
नेपाल भ्रमणका क्रममा महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, नेपाली शान्ति सेना लगायतका विषयमा उच्चस्तरमा छलफल गर्ने बताइएको छ । बैठकले तल्लो अरुण जलविधुत परियोजना ६६९ मेघावाटको आवश्यक १ सय दशमलव ९७ हेक्टर निजि जग्गा प्राप्ती गर्न स्वीकृती दिने निर्णय गरेको छ ।
परराष्ट्रमन्त्रीको कार्तिक ८ देखि १६ गतेसम्म अमेरिकाको भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।