काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच सिंहदरबारमा भेटघाट भएको छ । एमाले अध्यक्ष ओली प्रधानमन्त्री दाहाललाई भेट्न शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका हुन् ।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको नेपाल भ्रमण, चालु संसद् अधिवेशन अन्त्य गर्ने र समसामयिक राजनीतिक विषयमा छलफल गर्न दुई नेताबीच भेट भएको हो । महासचिव गुटरेस नेपाल भ्रमणका क्रममा कात्तिक १४ संघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने तालिका छ । उनको सम्बोधनपछि चालु संसद् अधिवेशन अन्त्य गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।