काठमाडौँ । पाटन अस्पतालमा आज पनि आकस्मिक बाहेकका सेवा बन्द भएको छ । डाक्टरमाथि हातपातको विरोधमा पाटन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकको सेवा ठप्प पारेका छन् ।
गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन् ।
हिजोदेखि अस्पतालको आकस्मिक सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामी मर्कामा परेका छन् । ओपिडीलगायत सेवाका लागि गएका बिरामीहरु त्यसै फर्किरहेका छन् ।
गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियो। ९० वर्ष र ६८ वर्षका ती बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सकमाथि हातपात गरेको बताइएको छ । हातपात गर्नेलाई प्रकाउ नगरेसम्म आकस्मिक बाहेक सेवा बन्द गर्ने चेतावनी स्वास्थ्यकर्मीको छ ।