काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आइतबारदेखि काठमाडौँमा सुरु भएको छ ।
‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धन अवसर र चुनौती’ भन्ने मुख्य सन्देशसहित दुई दिने सम्मेलन सुरु भएको हो । आइतबारदेखि सुरु भएको उक्त सम्मेलनमा मुख्तः स्वास्थ्य क्षेत्रका विभिन्न सात वटा विषयमा छलफल हुने बताइएको छ । उक्त सम्मेलन दुई दिनसम्म चल्नेछ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन कार्यान्वयनमा चुनौती, स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा, सुरक्षित स्वास्थ्य सेवा प्रवाह, प्रति जैविक प्रतिरोध औषधिको उचित प्रयोग, समान सेवाका लागि स्वास्थ्य प्रणाली लगायतका विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ ।