काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी भएको छ । उनको गाडीमा आगजनी गर्ने १७ जना पक्राउ परेका छन् ।
आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
उनले भने “आन्दोलित युवाहरूको समूहले गाडीमा आगजनी गरेको हो, हामीले १७ जना पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरवार पुर्याएको छ ।”
मन्त्री ज्वालालाई भने सुरक्षाकर्मीको गाडीमा प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्याएको कडायतले बताए ।



![ललितपुरको बालकुमारीमा यातायात मन्त्री ज्वालाको गाडीमा आगजनी; १७ जना पक्राउ [फोटो सहित]](https://khaptadmedia.com/km_files/2023/12/minister-jwala-vehicle-fire-768x432.png)

