काठमाडौं । तीन वटा संसदीय समितिको आज (बुधबार) बैठक बस्दै छ । जसअनुसार आज बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै छ । बैठकमा सडक सुरक्षा र नागरिक अधिकारका सम्बन्धमा स्वतन्त्रता अभियान नेपालबाट भए गरेका काम कारवाहीका बारेमा छलफल हुनेछ ।
त्यस्तै बिहान साढे १० बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कानुनी व्यवस्था (प्रत्यायोजित विधायन) र सरकारी आश्वासन सम्बन्धमा छलफल हुनेछ ।
दिउँसो सवा १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्दैछ । आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।