काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।
उनले दुईवटा नागरिकता नम्बर राखि बिभिन्न संस्थामा पेस गरेको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ ।
सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएका थिए ।