काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, हितराज पाण्डे लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सहकारी प्रकरण छानबिनका लागि संसदीय छानविन समितिको कार्यादेश तयार गर्न बसेको कार्यदलको बैठकपछि प्रमुख दलका शीर्ष नेताहरूको बैठक बसेको हो ।
बैठकमा संसदको अवरोध हटाउने, सहकारी ठगी प्रकरण छानबिन गर्न गठन गर्ने लागिएको संसदीय समितिको कार्यादेश लगायतका विषयमा छलफल हुने बताइएको छ ।
जेठ १५ गते अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकोले संसद सुचारु गरेर बजेट ल्याउनुपर्ने दबाबमा सरकार रहेको छ ।