काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।
सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने लगायत १४ वटा सम्भावित कार्यसूची रहेको छ ।
आजकाे बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी छ । आज नै छलफल थालनी गरेर उठेको प्रश्नमा जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै छानबिन समिति बनाउन माग गर्दै सदन अवरोध गर्दै आएको छ ।
समिति बनाउने विषयमा दुवै पक्ष तयार भए पनि कार्यादेश टुंगिन सकेको छैन । शुक्रबार पनि सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी थियो । तर, कांग्रेससँगको वार्ता सकारात्मक नभएपछि आजसम्मलाई सारिएको थियो ।


![आज बस्ने प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रम पारित गर्न सरकारको तयारी [कार्यसूची सहित]](https://khaptadmedia.com/km_files/2024/05/hor-meeting-adjourned-ktm-768x432.png)

