काठमाडौँ । आइसीसी टी-२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमै पराजय व्यहोरेको छ । नेदरल्याण्ड्सले नेपाललाई ६ विकेटले पराजित गरेको हो।
नेपालले दिएको १०७ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्ले १८.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । नेदरल्याण्ड्सको जितमा म्याक्स ओ दाउदले अर्धसतकीय पारी खेले। उनले ४८ बलमा ५४ रन बनाए । यस्तै विक्रमजित सिंहले २२ रन बनाए । नेपालका सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अभिनाष बोहराले समान १/१ विकेट लिए ।
यस्तै विक्रमजित सिंहले २२, सेब्राण्ड एन्जेलब्रेचिटले १४ तथा बास डी लिडले अविजित ११ रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनास बोहराले एक एक विकेट लिए ।
यसअघि अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेदरल्यान्डसले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो । नेपालले १९ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर एक सय ६ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३५ रन बनाए । उनले ३७ बल खेल्दै पाँच चौका प्रहार गरे। यस्तै करन केसीले १२ बलमा १७ रन जोडे । गुल्सन झाले १४ तथा अनिल साहले ११ रन बनाए ।
बलिङतर्फ नेदरल्यान्ड्सका टिम प्रिङगनल र लगन भान वीकले तीन तीन तथा बास डी लिड र मकेरेनले दुई दुई विकेट लिए ।
नेपालले अब आफ्नो दोस्रो खेल यही जेठ २९ गते श्रीलङ्कासित अमेरिकाको फ्लोरिडामा खेल्नेछ ।