जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।
महाधिवेशनअन्तर्गत आज भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेको थियो । निर्विरोध भइसकेपनि औपचारिक घोषणा हुन बाँकी छ ।
यादवको नेतृत्वमा १८ वर्षअगाडि मधेशी जनअधिकार फोरम नेपाल गठन भएको थियो । पटक पटक पार्टीको नाम परिवर्तन भएपनि अध्यक्षमा यादव नै रहे । अहिले महाधिवेशनबाट पनि उनी नै निर्वाचित भएका छन् ।
अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन । जनकपुरधाममा जसपा नेपालको महाधिवेशन चलिरहेको छ ।