काठमाडौं । देशभर मनसुनी वायुको आंशिक प्रभाव देखिएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।
बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखा छ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
साथै कोशी ,मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।
काठमाडौंमा पछिल्लो २४ घण्टामा ० दशमलव ८ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै लुम्लेमा ६३ दशमलव २ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।