काठमाडौँ । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले भण्डारीलाई काठमाडौँको बालुवाटारबाट पक्राउ गरिएको जानकारी दिनु भयो ।
ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको सहकारीमा रकम अपचलन गरेको आरोपमा उनीबिरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइने एसएसपी भट्टराईले बताए ।