काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले अस्पतालले सबै सुविधामा १० प्रतिशत निःशुल्क उपचार सुविधा दिनुपर्ने बताउनु भयो ।
सोमबार मन्त्रालयमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले अस्पतालहरूले १० प्रतिशत निःशुल्क उपचार सुविधा दिनुपर्ने बताएका हुन् ।
निजी अस्पतालले १० प्रतिशत बेड निःशुल्क उपलब्ध गराउनुपर्ने सरकारी नियम छ । मन्त्री यादवले औषधी र अप्रेसन पनि निःशुल्क गरिनुपर्ने बताउनु भयो । ‘१० प्रतिशत बेड मात्रै निःशुल्क नभई औषधी र अप्रेसन पनि निःशुल्क होस् भनेर हामी लागी परेका छौँ ।’