काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालको समीक्षा यात्रा प्रतिवेदन सार्वजनिक भएको छ ।
ढकालले ३८ वटा जिल्ला भ्रमणपछि तयार पारेको ३२ पृष्ठकाे प्रतिवेदन आज सार्वजनिक भएको हो । ढकालले यो प्रतिवेदन केही दिनअघि पार्टीका सभापति रवि लामिछानेलाई बुझाउनुभएको थियो । तर पार्टीभित्र छलफल नहुँदै प्रतिवेदन सार्वजनिक गरेको भन्दै रास्वपाभित्र ढकालको आलोचना भएको थियो ।
साथै हिजो बसेको रास्वपाको केन्द्रीय समिति बैठकले उहाँका गतिविधि विधिसम्मत नभएको भन्दै कारबाही गर्ने निर्णय गरेको थियो । ढकालको महामन्त्री पद सात दिनका लागि निलम्बनमा छ ।
निलम्बित महामन्त्री ढकालले पार्टीमा पूँजी नभएको मान्छेलाई स्थान नभएको उल्लेख गर्नुभएको छ ।