उरुग्वे कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
क्वार्टरफाइनलमा विश्वकपकै सर्वाधिक सफल टिम ब्रजिलमाथि जित हासिल गर्दा उरुग्वेले सेमिफाइनलमा स्थान बनाएको हो ।
उरुग्वेले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४-२ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । यस खेलको ७४ औँ मिनेटमा उरुग्वेका नाहितान नानडेजले रातो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा सीमित भएको थियो ।
यो जितपछि उरुग्वेले सेमिफाइनलमा कोलम्बियाको सामना गर्ने भएको छ । अर्को सेमिफाइनलमा अर्जेन्टिना र क्यानडा खेल्नेछन् ।