कुरिनटार (भरतपुर) । अविरल बर्षासगैँ खसेको पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ मौवाखोला नजिकै आज विहान ५ बजे सडक माथिबाट ढुङ्गा, लेदोसहितको पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध बनेको हो ।
सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटक-पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।
अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो ।