काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । ओली चौथोपटक प्रधानमन्त्री नियुक्त भएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६(२) अनुसार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा शुक्रबार प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । यसअघि शुक्रबार नै निवर्तमान प्रधानमन्त्री ससद्मा विश्वासको मत लिनबाट चुकेका थिए ।
राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेबमोजिम ओलीले आफ्नो दाबी राखेका थिए ।
नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिनेछन् ।



